१७ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्न छलफल चलाइरहेका वामदेव गौतमले समझदारी विकास गर्ने सहमति भएको बताएका छन् ।
बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसँगको संवादपछि उनले पार्टी एकता छिट्टै हुने बताएका हुन्। समझदारी विकास गर्ने भएको छ । यो त एउटा सानो पक्ष हो। यसैलाई खोल्नेबित्तिकै कति धेरै आउँछ ।
अबचाहिँ यस्तो भयो भनेर जुन दिन घोषणा गर्छौं त्यही दिन बताउँछौं– यसरी पार्टी एकता गर्छौं,’ उनले भने ।गौतमलेले एमालेमा फर्कर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवाद गरेका थिए ।
ओलीसँगको संवादले भने गति लिन सकेन।एकीकृत समाजवादीमा उनलाई तेस्रो वरीयता दिनेबारे छलफल भइरहेको छ। गौतमले भने आफूलाई सक्रिय जिम्मेवारी र अन्य नेताको व्यवस्थापनको सुनिश्चितता खोजेका छन्।