|  

नेप्सेमा हरियाली, कारोबार निराशजनक

१७ पुस, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१० अंकले बढेको छ । आज नेप्से ०.१९ प्रतिशतले बढेर २५८१.६० विन्दुमा पुगेको हो । नेप्सेमा हरियाली देखिँदा कारोबार भने निराशजनक देखिएको छ । 

आज दिनभरमा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको ९४ लाख ३४ हजार ९ कित्ता शेयर मात्र कारोबार भएको छ । 

१५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०५ वटा कम्पनी कारोबारमा आउँदा ४३ हजार ७२९ पटक शेयर किनबेच भएको छ । 

५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।