१७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समितिको बैठकमा सहभागी भएका छन् ।
उनी राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।