|  

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: प्रहरी बुझायो अनुसन्धान प्रतिवेदन, रविसहित ४४ जना प्रतिवादी

१८ पुस, काठमाडौं । काठमाडौंको कालिमाटीस्थित रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । 

आज (बिहीबार) प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो । 

प्रहरी प्रतिवेदनअनुसार स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । उनीहरुबाट १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।