१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेभित्र करिब करिब लोकतन्त्र समाप्त भएको टिप्पणी गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा सो पार्टीका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले यस्तो टिप्पणी गरेका हुन । पछिल्लोपटक एमालेको कारबाहीमा परेका नेता डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको कारबाहीबारे टिप्पणी गर्दै भने ‘अहिले सरकारको नेतृत्व गरिरहेको पार्टीभित्र लोकतन्त्र करिब करिब समाप्त भयो । कुनै दिन यो देशमा एमाले पार्टीमा छलफल बहस हुन्छ भन्ने बुझेका थिए । आज त्यो समाप्त भयो ।’