|  

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

१८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। 

 बैठक आगामी २० र २१ गतेका लागि बोलाइएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

बैठकमा समसामयिक राजनीतिक छलफल, स्थानीय तह उपनिर्वाचन समीक्षा, सहकारी सम्बन्धी अध्यादेश, संविधान परिमार्जन लगायतको विषयमा छलफल गरिने जनाइएको छ ।