|  

कस्तो रहला आजको मौसम ? 

१९ पुस, काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  छ ।

जसको प्रभावले तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणता  बदली भएको छ भने मुलुकका बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने  छ । 

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी भागमा मौसम सफा रहने  छ ।