|  

मुगुमा शुक्रबार बिहानै ४.४  म्याग्निच्यूडको भूकम्प 

१९ पुस, काठमाडौं ।  मुगुमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा मुगुको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो भूकम्प गइराखेको छ।