१९ पुस, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न अधिकारीहरू राष्ट्रपति भवन पुगेका छन् ।
भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका र अन्य अधिकारीहरू युनलाई पक्राउ गर्न शुक्रबार सउलस्थित उनी बस्दै आएको भवनमा पुगेको स्रोतले जनाएको छ ।
सैनिक कानुन लागू गर्ने प्रयास संसदले विफल पारेपछि युन निलम्बित छन् ।