|  

जनताले चिनेको पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बन्दैछः अर्जुननरसिंह केसी

१९ पौष, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले चर्चित भ्रष्टाचारका काण्ड छानबिनका लागि निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्न माग गरेका छन ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले यस्तो माग गरेका हुन् । उनले राजनीतिक व्यक्तिको नेतृत्वमा आयोग बनाउँदा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै नेपाली जनताले पत्याएको पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा आयोग बनाउन माग गरे । उनले भनेका छन्,‘चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि प्रचण्डजीले चिनेको होइन, शेरबहादुर जीले चिनेको होइन, ओली जीले चिनेको होइन, नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौं ।’