१९ पुस, काठमाडौं । एप्पलले चाँडै नै सस्तो मूल्यको नयाँ फोन बजारमा ल्याउने तयारी गरेको छ ।
यसपटक एप्पलले आईफोन एसईको नाम परिवर्तन गरी ‘आईफोन १६ई’ नामकरण गर्ने बताइएको छ । विभिन्न मिडिया रिपोर्टहरूका आधारमा कम्पनीले यो मोडेललाई आफ्नो मुख्य लाइनअपमा समाहित गर्दै आईफोन परिवारकै महत्वपूर्ण भागका रूपमा प्रस्तुत गर्न खोजेको छ ।
यो नयाँ आईफोनको डिजाइन आईफोन १४ जस्तै हुने चर्चा छ । यसमा ओएलईडी स्क्रिन, फेस आइडी र ८ जीबी र्याम हुनेछ । यसको अर्थ यो फोन पहिला भन्दा छिटो र शक्तिशाली हुनेछ । तर, यसमा डाइनामिक आइल्यान्ड फिचर उपलब्ध हुने छैन ।
यो फोन सेतो र खैरो रंगमा उपलब्ध हुनेछ ।