१९ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भ्रष्टाचारको सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भनेको कुरालाई लक्षित गर्दै उनले कुन काण्ड छानबिन गर्ने भनेर ठूला पार्टी र ठूला नेताको सहमति भन्दा पनि सबै काण्ड छानबिन गर्नुपर्ने बताएका हुन् । समिति बैठकमा गगन थापाले भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा टुंगो लगाउनुपर्ने बताएका थिए ।
सांसद खनालले भनेका छन, ‘२०६३ सालपछि बाहिर आएका १ अर्बभन्दा ठूला भ्रष्टाचारसँग जोडिएका ३१ वटा काण्डमार्फत २२३ अर्बभन्दा बढी भ्रष्टाचार भएको हुन सक्छ भनेर यो सूचीले भन्छ । तर, यो सूचीमा ७० करोड लगायतका काण्ड छैनन । र, पछिल्लो समय चर्चामा आएका अन्य काण्डहरू पनि छैनन । त्यसैले कुन काण्ड छानबिन गर्ने भनेर ठूला पार्टी र ठूला नेताको सहमति हैन, यी सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाऔँ ।’
साथै,उनले आयोगलाई समयसीमा तोकेर स्वतन्त्रतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।