१९ पुस, काठमाडौं । कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन् ।
यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस ९ज्ःएख्० हो, जुन एक आरएनए भाइरस हो।भाइरसबाट संक्रमित बिरामीहरूमा रुघाखोकी र कोरोनाको जस्तै लक्षण देखा परेको रिपोर्टमा उल्लेख छ । यसको सबैभन्दा बढी असर २ बर्ष भन्दा साना बालबालिकाहरूमा परेको बताइएको छ । यसका लक्षणहरूमा खोकी, ज्वरो, नाक बन्द हुनु र घाँटीमा घरघराहट हुनु रहेको छ ।
ह्यूमन मेटान्यूमोवायरस बाहेक इन्फ्लुएन्जा ए, माइकोप्लाज्मा निमोनिया र कोरोनाको केसहरू पनि रिपोर्ट गरिएको छ । जसका कारण बिरामीको संख्या निरन्तर बढ्दै गएको छ । यसैबीच सामाजिक सञ्जालमा बिरामीको तस्बिर राख्दै गरिएको पोस्टमा चीनले भाइरस फैलिएपछि धेरै ठाउँमा आपतकाल घोषणा गरेको दाबी गरिएको छ ।
जसमा अस्पताल र श्मशान स्थलमा भीड बढ्दै गएको छ । ह्यूमन मेटान्यूमोवायरस भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो । एक जना डच अनुसन्धानकर्ताले श्वासप्रश्वास रोगबाट पीडित बालबालिकाको नमूनामा यो भाइरस पत्ता लगाएका थिए । तर, यो भाइरस विगत ६ दशकदेखि रहेको बताइन्छ ।