१९ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले तयार पारेको प्रतिवेदन बुझाईएको छ ।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत उक्त प्रतिवेदन बुझाईएको हो । प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले बीमा सुधारसम्बन्धी यो सुझाव फलदायी हुने भन्दै कार्यान्व्यन गर्ने बताए ।