१९ पुस, काठमाडौं । नेपाल प्रशासन सेवाका ५७ जना शाखा अधिकृत उपसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको पुस १९ को निर्णयानुसार प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ रिक्त उपसचिव पदमा ३९ जना, लेखा समूहमा ११ जना र राजश्व समूहतर्फ ७ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनबाट हुने बढुवाका लागि सिफारिस भएका हुन् ।