२० पुस, काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा दुई साताअघि ‘हस मनी’ मुद्दामा सजाय सुनाइने भएको छ ।
न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने छन् ।न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन, जरिवाना वा सशर्त रिहाइ दिने सङ्केत गरेका छन्। नवनिर्वाचित राष्ट्रपतिले सजायको समयमा व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।
गत वर्षको मेमा, ट्रम्पमाथि वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप बस्नका लागि १.३ मिलियन डलर तिरेको अभियोग लगाइएको थियो। यो रकम ट्रम्पले पूर्व वकिल माइकल कोहेनलाई दिएका थिए, जसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्नका लागि यो रकम वयस्क फिल्म स्टारलाई दिएका थिए।ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दैछन्।