२० पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने भएका छन् ।
उनले पुस २९ गते संसद भवनमा आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।
बेलायतको संसद भवन भित्र त्यहाँका मन्त्री र सांसदलाई सम्बोधनको अवसर पाउने डा.कोइराला पहिलो नेपाली नेता हुनेछन् ।