|  

भैँसीको मासु चीन निर्यातबारे सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन

२० पुस, काठमाडौं । नेपाल र चीनबिच भएको भैँसीको मासु निर्यातसम्बन्धी सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् ।

अहिंसा परमोधर्म भन्दै उनीहरूले शान्तिपूर्ण पद यात्रा गरेका हुन् । नेपाल देवभूमि भएको र यसलाई दानवको राज्य नबनाउन उनीहरूको माग छ ।

उनीहरूले चीनसँग गरिएको सम्झौता खारेज गर्न भनेका छन् ।नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरिसकेको छ ।