|  

१० वर्षभित्र २८ हजार ५ सय विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य 

२० पौष, काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाईंमन्त्री दीपक खड्काले २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिएका छन् ।

दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले १० वर्षभित्र २८ हजार ५ सय विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएका हुन् । मन्त्री खड्काले भने,‘अहिले हामीसँग जम्मा ३५ सयको हाराहारीमा छ । अब २५ सय मेगावाट विद्युत अबका १० वर्षमा बनाउनुपर्ने छ । त्यसकारणले पनि हिजो भन्दा आज फरक छ । सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको छ ।’ 

उनले विद्युत उत्पादनका लागि पनि सबै पूर्वाधार बनिसकेकाले धेरै समय नलाग्ने दाबी पनि गरे ।