|  

डा.कोइरालाले बेलायतको संसद्मा सम्बोधन गर्दै

२० पौष, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यही जनवरी १३ मा संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् ।

उनले त्यस दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्न लागेको निजी सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ । नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा बेलायत जाँदैछन ।