२० पौष, काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकामा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्रको उद्घाटन गरिएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन । क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले स्थानीय अस्पतालमा पनि यस्ता केन्द्र सञ्चालनमा आउनु खुसीको कुरा भएको बताएका । उनले यस्तो केन्द्रले औषधि प्रतिरोधी क्षयरोगका बिरामीले सहज रुपम सेवा पाउनुका साथै क्षयरोग मुक्त नेपाल बनाउने अभियानलाई पनि सहयोग हुने जानकारी दिए।
डा श्रेष्ठका अनुसार मधेश प्रदेशमा अन्य प्रदेशका तुलनामा धेरै क्षयरोगका बिरामी रहेका कारण उपचार केन्द्रसँगै सचेतनाका कार्यक्रमहरु पनि बढाउँदै लैजानु पर्ने अवस्था रहेको छ । उक्त केन्द्रसहित मधेश प्रदेशमा पाँच वटा औषधि प्रतिरोधी केन्द्र सञ्चालनमा रहेका छन ।