|  

पाठ्यसामग्रीहरुको तयारीमा ध्यान दिन शिक्षाविद लुइँटेलको जोड 

२० पौष, काठमाडौं । शिक्षाविद् प्रा.डा बालचन्द्र लुइँटेलले पाठ्यक्रम विकास केन्द्रले तयार पार्ने पाठ्यसामग्री महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल जस्तो मुलुकमा पाठ्यक्रमको फ्रेमवर्क, पाठ्यसामग्रीलाई शिक्षकहरूले आधार मानेर पढाउनुपर्ने अवस्था रहेकोले त्यसले डेलिभर गर्ने कुरालाई असर गर्ने बताउँदै तयारीमा ध्यान दिन आवश्यक रहेको बताएका हुन । पाठ्यक्रम परिमार्जनको विषयमा बोल्दै नेपालको सन्दर्भमा १० वर्षमा पाठ्यक्रम परिमार्जन तथा परिवर्तन गर्ने सकिने शिक्षा मन्त्रालयको कार्यविधिमा रहेको उल्लेख गर्दै पाठ्यक्रम निरन्तर परिवर्तन हुने विषय भएको र पाठ्यक्रम परिवर्तन गर्न तीन चार वर्षमै काम सुरु गर्नुपर्नेमा जोड दिए ।

डा. लुइँटेलले पाठ्यक्रम ठिक हुनु पर्ने बताउँदै पाठ्यक्रम सही ढंगले नलेखिए, पाठ्यसामग्रीहरू सही ढंगले तयार नभए शिक्षकहरूले डेलिभर गर्ने कुरालाई असर गर्ने बताए । दूरदराजका विद्यालयमा पुस्तकालय, शैक्षिक सामग्री राम्रो नहुने भएकोले पाठ्यक्रम विकास केन्द्रले तयार पार्ने पाठ्यसामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक लगायतका पाठ्यसामग्रीहरू नै महत्वपूर्ण हुने उनको भनाई छ ।