|  

यू-१९ महिला विश्वकप खेल्ने क्रिकेट टोलीको घोषणा

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  यू १९ महिला विश्वकप टी २० क्रिकेटका लागि नेपाली टिम घोषणा भएको छ ।

क्यानले विश्वकप टी २० क्रिकेटका लागि शनिबार १५ सदस्यीय टिम घोषणा गरेको हो । १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुने प्रतियोगितामा नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन् ।

टिममा उपकप्तानको जिम्मेवारी सोनी पार्खिनले पाएकी छिन् । १५ सदस्यीय टिममा महतो, पार्खिन, सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, त्रिसना बिके, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, अनु कडायत र करिश्मा गुरुङ रहेको क्यानले जनाएको छ ।