|  

सर्वेन्द्र खनालले छाडे नेकपा एमाले

२१ पुस, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् ।

उनले लेखेका छन्– ‘हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। ’

खनाल औपचारिक रूपमा ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए ।