२१ पुस, काठमाडौं ।नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले छाड्नेहरुप्रति कटाक्ष गर्दै खाएको थालमा चुठ्नु राम्रो नहुने बताएका छन् ।
झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उनको भनाइ छ । आज बिहान सामाजिक सन्जालमा बास्कोटाले लेखेका छन्, ‘आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यू चोली लगाएर बढाए ।’
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छाडेको स्टाटस फेसबुकमा लेखेपछि पूर्वमन्त्री बास्कोटाले पनि फेसबुकमार्फत् नै सो टिप्पणी गरेका हुन् ।