२१ पौष, काठमाडौं । भारतीय टोली विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ ।
भारतले सिड्नी टेस्टमा अस्ट्रेलियासँग ६ विकेटले हारेसँगै च्याम्पियनसिपको फाइनलबाट बाहिरिएको हो । अस्ट्रेलियाले भारतलाई यो सिरिजमा १० वर्षपछि पराजित गरेको हो । जितसँगै अस्ट्रेलिया भने लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ । भारतको ५० प्रतिशत अंक हुँदा अस्ट्रेलियाको ६३.७३ प्रतिशत अंक भएको छ । विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।