|  

७०० भन्दा बढी युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने २३ वर्षीय युवक पक्राउ 

२१ पुस, काठमाडौं ।  डेटिङ एपमार्फत मित्रता गरी ७०० भन्दा बढी युवती तथा महिलालाई ‘ब्ल्याकमेल’ गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यमुनापारको शकरपुर गाउँ निवासी तुषार  बिष्ट रहेका छन् । बिष्टमाथि उनले १८ देखि ३० वर्षका युवती तथा महिलासँग मित्रता गरी विश्वासमा लिने र नग्न फोटो हासिल गरी ‘ब्ल्याकमेल’ गर्दै आएको आरोप छ ।उनले आफू अमेरिकामा रहँदै आएको बताउने गरेका थिए ।

उनले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर र एक ब्राजिलियन मोडलको तस्बिर प्रयोग गरी नक्कली प्रोफाइल बनाएका थिए ।विभिन्न युवतीलाई विश्वासमा लिएर उनले च्याटिङ गर्ने तथा अन्तरङ्ग फोटो तथा भिडियो हासिल गरेपछि ‘ब्ल्याकमेल’ गर्दै आएको प्रहरीको भनाइ छ ।

पूर्वी दिल्लीको स्कुल ब्लकमा रहँदै आएका उनी नोएडाको एउटा कम्पनीमा काम गर्दै आएका थिए ।बिष्टले ब्ल्याकमेल गरेकै एक युवतीले १३ डिसेम्बरमा साइबर थाना पुलिसमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।