२१ पौष, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक अहिले च्यासलमा जारी छ ।
बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्त्व सक्रिय रहेको उल्लेख छ ।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाको जानकारी र विगतको निर्णयहरु जानकारी गराउनुका साथै अनुमोदन गराउने कार्यसूची रहेको केन्द्रीय सदस्य गीता कार्कीले जानकारी दिइन । उनका अनुसार आज नै प्रतिवेदनमाथि छलफल हुनेछ।