|  

रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन

२१ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ ।

शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यवाहक प्रवक्ता मनिष झाकाअनुसार कार्यदलका सदस्यमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले छन् । कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्सँग छलफल गरेर दलको धारणा तय गर्ने झाले बताए ।