२१ पौष, काठमाडौं । मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा रंगशाला निर्माण गर्न प्रदेश सरकारले १ अर्ब रुपैयाँ दिने घोषणा गरेका छन ।
जनकपुरधाममा आज जय ट्रफी (एलिट कप)को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन १ अर्ब रकम दिने घोषणा गरेका हुन । उनले रंगशालाको केही प्राविधिक समस्याहरू समाधान भइसकेको र केही दिनभित्र डिपिआर तयार हुने जानकारी दिएका छन् । रंगशाला निर्माण हुने जग्गा गुठी संस्थाको रहेको छ । उक्त जग्गा सम्बन्धी राष्ट्रिय परिषद् र गुठी संस्थाबीच २२ गते समझौता हुने पनि मुख्यमन्त्री सिंहले बताए । जग्गा सम्झौतापछि दुईरतीन दिनभित्र बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेर केन्द्र सरकारसंग अनुमति लिने प्रक्रियामा अघि बढ्ने उनको भनाई थियो ।