२१ पुस, काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको छ ।
आज नेप्से ०.२० प्रतिशतले बढ्दा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर कारोबार भएको छ ।
आज १४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३२७ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार १६७ पटक शेयर किनबेच भएको छ ।आज १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने बाँकी ५ वटा समूह घटेको छ ।