२१ पुस, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीबाट डा. भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाही अनुमोदन भएको छ।
आइतबार (आज) काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकबाट उक्त कारबाही अनुमोदन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
‘पछिल्लो दश महिनाको अवधिमा पोलिटब्यूरो, केन्द्रीय सचिवालयले गरेका निर्णयहरू महासचिवले अनुमोदनको लागि प्रस्ताव गर्नुभयो। र, ती निर्णयहरू अनुमोदन भइसकेको छ,’ गौतमले भने।