२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
शनिबार सुरु भएर आइतबार सकिएको केन्द्रीय समितिको विस्तारित बैठक अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
यस्तै रास्वपाले 'संविधान परिमार्जन सुझाव कार्यदल २०८१' गठन गरेको छ। पार्टीका प्रमुख सचेतक सन्तोष परियारको नेतृत्वमा गठित कार्यदलले संविधान परिमार्जनका लागि सुझाव सङ्कलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् तथा सरोकारवालाहरूसँग आवश्यक परामर्श गरी पार्टीका तर्फबाट धारणा तय गर्नेछ।