२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुनेछ ।
बैठकको पहिलो दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको सांगठनिक तथा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
उनले प्रतिवेदनमा बृहत् वामपन्थी एकतलाई प्राथामिकता दिने योजना ल्याएका छन् ।