२२ पुस, काठमाडौं । चितवनमा लगाइएको काउली र बन्दामा नयाँ रोग देखिएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार पात कुहिने, फल ठूलो नहुने र पात डढ्ने र तन्कने गरेको छ ।
पुसको पहिलो सातादेखि राप्ती नगरपालिका–५ र ८ मा यो रोग देखिएको हो रोग देखिएको जानकारी आएपछि पहिलो पटक नमुना परीक्षणका लागि पठाइएकामा रोग पुष्टि नभएकाले दोस्रो पटक पुनः परीक्षणका लागि पठाएको स्रोतले जनाएको छ।
दोस्रो पटक नमूना पठाउँदा ढुसी हो की भन्ने आए पनि हालसम्म रोग पत्ता लाग्न नसकेको स्रोतले जनाएको छ ।