|  

६ करोड अमेरिकी आँधीको चपेटामा

२२ पुस, काठमाडौं । लाखौँ अमेरिकीहरू अहिले ठुलो चिसो हावा र आधीका कारण सङ्कटमा छन् ।

३० राज्यका ६ करोड भन्दा बढी व्यक्ति यस आँधीको चपेटामा छन् । यसले दशकमा नै सबैभन्दा कम तापक्रम हुनुका साथै हिमपातको समेत समस्या हुनसक्ने छ । यसै कारण धेरै उडानहरू भङ्ग भएका छन्। साथमा विद्यालय बन्द गरिएका छन्।

अमेरिकाको मध्यबाट सो आँधी नै पूर्वतर्फ जाने राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ । अमेरिकामा ४६ विमान स्थलमा सतर्कता अपनाउन सूचित गरिएको छ । कानास र मिसाउरीमा आइतबार साँझ नौ इन्चसम्म हिउँ जम्मा भएको छ। कानासमा सबै भन्दा धेरै हिउँ परेको छ।