२२ पुस, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा समितिमा प्राप्त निवेदन तथा उजुरीहरूका सम्बन्धमा छलफल हुँदैछ । समिति सभापति रामहरि खतिवडाका अनुसार समितिमा ६० भन्दा बढी उजुरी परेको र उक्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिने छ ।
समितिमा उपसभामुख इन्दिरा राना मगर‚ संसद् महासचिव पद्यप्रसाद पाण्डे‚ एआइजी श्याम ज्ञवाली लगायतका विरुद्ध उजुरी परेको छ ।