२२ पुस, काठमाडौं । चीनलाई देखिएको एचएमपीभी भाइरस भारतमा पनि देखापरेको छ । भारतमा आठ महिनाको एक बच्चामा एचएमपीभीको संक्रमण देखिएको हो ।
भारतमा पहिलो पटक यो भाइरसको मामिला देखिएको हो । बैंगलुरुको एक निजी अस्पतालमा आठ महिनाको बच्चामा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी)को पुष्टि भएको छ । अचम्मको कुरा चाहि के छ भने ती बच्चा भारत बाहिर कतै गएका थिएनन् । अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको शरीरमा एचएमपीभी भाइरस भएको पुष्टि भएको हो ।
ह्युमन मेटाप्युमोभाइरस एउटा आरएनए भाइरस हो । एक तरिकाले यो कोरोना जस्तै भाइरस हो । यो पनि श्वास प्रश्वासमा संक्रमण गर्ने भाइरस हो । यो मौसमी भाइरस पनि हो ।
यसको प्रभाव सामान्यतयाः जाडो र वसन्तमा बढी देखिन्छ । यो फ्लू जस्तै छ । चीनमा यो भाइरसले अहिले खतरनाक रुप लिइरहेको भन्दै समाचारहरू आइरहेका छन् । तर चीन सरकारले यो खबरको खन्डन गरिरहेको छ ।