|  

पीएसजीले जित्यो फ्रेन्च सुपर कप

२२ पुस, काठमाडौं ।  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

फाइनलमा मोनाकोलाई १–० ले हराउँदै पीएसजीले लगातार तेस्रोपटक उपाधि जितेको हो । पीएसजीका लागि दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

पीएसजी कीर्तिमानी १३ पटकको विजेता हो । अघिल्लो वर्ष लिग वान र सुपर कप दुवै पीएसजीले नै जितेको थियो ।