|  

पटक पटक अपमानित भएर बस्नुपरेको भन्दै सुदूरपश्चिमका चार दर्जन नेता तथा कार्यकर्ताले त्यागे एमाले 

२२ पुस, काठमाडौं । नेकपा एमालेमा पटक पटक अपमानित भएर बस्नुपरेको भन्दै कैलालीका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

उनीहरूले एमाले भएर बस्दा पनि पटक पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने लगायत आरोप लगाउँदै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका थिए ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको तर त्यो एकता मुख्य नेताहरू को आपसी लडाईको कारणले टिक्न नसकेको उनीहरूको आरोप छ । 

uml

2

34