२२ पौष, काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ ।
हिजोदेखी सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन । जसअनुसार बैठकमा पेस गरिएको अध्यक्ष राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको छ ।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नेछन । उनीहरूका लागि ३/३ मिनेटको समय छुटाइएको छ ।