|  

रविको पक्षमा बहस गर्न सोविता पुगिन् कास्की अदालत 

२२ पौष, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट थुनछेक बहस सुरु भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा थुनछेक बहस भइरहेको हो । रविको पक्षमा बहस गर्न रास्वपाकी सांसदसमेत रहेकी अधिवक्ता सोविता गौतम कास्की अदालत पुगेकी छन । सोवितासहित रविको पक्षमा कम्तीमा एक दर्जन कानून व्यवसायीले बहस गर्दैछन ।

यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।