|  

बजारमा फिंजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक रहेको सन्देश दिनुपर्छः  अधिकारी

२२ पुस, काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिंजाइएका भ्रमहरू चिर्न सहकारीहरूले आफूहरू ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले सहकारीबारे फैलाइएका हल्लाहरू मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको तर्क गरे ।

‘अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरू फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन,’ उनले भने ।