|  

भारतमा २ जनामा भेटियो एचएमभिपी संक्रमण

२२ पौष, काठमाडौं । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित २ जना बिरामी फेला परेका छन् ।

३ महिनाको एक बालकमा उक्त संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन् र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जसको कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ । भारतमा एचएमभिपी देखा परेको यो पहिलो घटना हो । उत्तरी छिमेकी चीनमा देखा परेको एचएमभिपी भारतमा पनि देखा परे पछि उच्च सतर्कता अपनाइएको छ । संक्रमित शिशुहरू र तिनीहरूका परिवारहरूका अन्य कुनै सदस्यलाइ कुनै खतरा नभएको जनाइएको छ । 

स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार भारतबाट हालको निगरानी डेटाले श्वासप्रश्वासको संक्रमणमा कुनै असामान्य वृद्धि भएको संकेत गरेको छ । तर, बेंगलुरुमा दुई बिरामी देखा परेपछि स्वास्थ्य मन्त्रालयले आज एचएमभीपीसँग लड्न आवश्यक पर्ने रणनीति बनाउनका लागि आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।