|  

एमालेको आजको बैठक सकियो, भोलि फेरि  बस्ने

२२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजका लागि सकिएको छ ।

 आइतवार देखी सुरु भएको केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन् ।

 खाजा ब्रेक पछि स्थायी र पोलिटब्युरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको जनाइएको थियो ।

 अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुटाएको छ ।

केही केन्द्रीय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसके पछि सम्भवतः भोली नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।