|  

नेपाल–चीन सिमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प 

 २३ पुस, काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ ।

त्यसले नेपालका प्रायःठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।