२३ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस हुँदा मानिसहरु डराएर सडकमा निस्किएका थिए ।
पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका हुन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ५० मिनेटमा र ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
पछिल्लो केही महिनायता पश्चिम नेपालमा लगातार चार म्याग्निच्यूडभन्दा माथिको भूकम्प गइराखेको थियो । बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए ।
भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए । भूकम्पको धक्का क्रोक्रो हल्लाएजसरी विस्तारै तर केही लामो समय महसुस भएको थियो ।