२३ पुस, काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक मंगलबार सकिँदैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा चलिरहेको बैठकमा आज पनि पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेछन् ।
आइतबारदेखि सुरू भएको बैठकमा अहिलेसम्म ९८ जना पोलिटब्युरो एवम् केन्द्रीय सदस्यहरूले बोलिसकेका छन् । सदस्यहरूको बोल्ने पालो सकिएपछि प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जबाफ ओलीले दिनेछन् । त्यसपछि समसामयिक प्रस्ताव पारित गरेर केन्द्रीय कमिटीको बैठक सकिनेछ ।