२३ पुस, काठमाडौं । चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्यूडको भूकम्प गयो ।
यसको महशुस काठमाडौं उपत्यकालगायत नेपालका धेरै स्थानमा भयो।भूकम्पको केन्द्रविन्दुबाट नजिकै पर्ने सोलुखुम्बुमा भूकम्पले पुर्याएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रशासनले जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार विशेषगरी नजिकै पर्ने लोबुचेमा क्षति भएका अनुमान गरिएको छ। ‘तर अहिलेसम्म क्षतिको कुनै जानकारी प्राप्त भएको छैन’, उनले भने, भौगोलिक विकटता र यातायात नपुगेको स्थान भएकाले जानकारी प्राप्त गर्न सकेका छैनौँ।’
शक्तिशाली भूकम्पपछि परकम्प पनि गइरहेको छ। भूकम्पको केन्द्रविन्दु दिङ्गे र नेपालतर्फ लीबुचेको दूरी ९० किलोमिटर रहेको बताइएको छ।