२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
सोमबार दोस्रो दिनको बैठकमा ८० जनाले बोलेका थिए भने अझैँ १०० जनाले बोल्नका लागि नाम टिपाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा अझै एक सय जना सदस्यले बोल्न बाँकी छ । जसअनुसार आज ती नेताहरुले क्रमशः आफ्नो धारणा राख्ने छन् ।